X

पाल्पा महाेत्सव : एक लाख दर्शकद्वारा अवलाेकन, भाेलि अन्तिम दिन

    रानीमहल संवाददाता || १० फाल्गुन २०७६,शनिबार २०:११

पाल्पा – पाल्पा व्यापार संघको आयोजनामा दमकडामा जारी पाल्पा महोत्सवमा उल्लेखनीय दर्शकको भीड लागेको छ । महोत्सव सुरु भएको दशौं दिनसम्ममा एक लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

एक लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा लक्ष्यभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै महोत्सवमा दशौँ दिनसम्म चार करोड बढीको कारोबार भएको छ । विभिन्न स्टलहरुबाट प्राप्त जानकारी अनुसार महोत्सवमा चार करोड बढीको कारोबार भएको हो । आयोजकले महोत्सव अबधिभरमा ५ करोडको कारोबार गर्ने लक्ष्य राखेको थियो । पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।

पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेका थियौँ अध्यक्ष पोखरेलले भन्नुभयो हाम्रो उद्देश्य अनुसार हामीले काम गरेका छौँ । महोत्सवमा दश स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषि र पर्यटनका स्टलको सहभागिता रहेको थियो ।

शनिबार भने लोक गायक पुष्कल शर्मालगायतले प्रस्तुती राख्नुभयो । सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले ख्यातीप्राप्त कलाकारहरूको सहभागिताले महोत्सवलाई सफल बनाउन सहयोग गरेको बताउनुभयो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तहले गरेका राम्रा कामको बारेका जानकारी दिन’भएको थियो । भाेलि अन्तिम दिन कुलेन्द्र विककाे प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५