X

तिनाउँमा डेढ करोडको पशु सेवा कार्यालयको भवन सिलान्यास

    रानीमहल संवाददाता || १७ माघ २०७६,शुक्रबार १९:४९

पाल्पा– पाल्पाको तिनाऊ गाउँपालिकामा डेढ करोडको लागतमा पशु सेवा कार्यालयको भवन निर्माण हुने भएको छ । भवनको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले एक कार्यक्रमका बीचमा शिलन्यास गर्नुभयो ।


गाउँपालिकालाई पशुपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति अनुसार नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर ईनोभेसन ललितपुरको एक करोड ५० लाख बराबरको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष घर्तीले रानीमहलालाई बताउनुभयो ।


तिनाऊ गाउँपालिका भित्र पाँच देखि २५ वटा सम्म दुहुना गाई सहित २५ भन्दा बढी गाईफार्म रहेको छ, प्रमुख घर्तीले भन्नुभयो जसले तिनायँलाई दुधमा आत्मनिर्भर बनाउने योजना रहेको छ ।
भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पाका कर्मचारी विश्वनाथ भट्टराईले पाल्पा जिल्लामा आएको एकमात्र पशु सेवा भवन पशुपालनमा सम्भावना रहेकाले तिनाऊ गाउँपालिकालाई सिफारिस गरी भवन निर्माण कार्य सुरु भएको बताउनुभएको छ ।


भवन शिलन्यास कार्यक्रममा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पार्टी (नेकपा) का नेता चक्रब्युह थापा, नेपाली कांग्रेस प्रतिनिधि पदम शाक्य, तिनाँऊ गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत यादव अर्याल, पशु तथा कृषि शाखा प्रमुख हेमन्त शर्मा लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।


यस आर्थिक वर्ष देखि हेफर इन्टनेशनल संस्था संग साझेदारी गरी बाख्रापालन कार्यक्रम गर्न दुई करोडको रकम सम्झौता भएको छ । कार्यक्रमको संचालन वडा नं २ का अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५