X

आमा छाेरा मिलेर बाबुको हत्या !

    रानीमहल संवाददाता || २२ आश्विन २०७६,बुधबार ११:२०

काठमाडौं – मादक पदार्थ सेवन गरेर बाबुको हत्या गर्ने अामा र छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय छोरा नहिम पमरिया र आमा मृतककी श्रीमती ५० वर्षीया जमुनी खातुन छन् ।

पमरियालाई उक्साउने आमा मृतककी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसअघि १९ असोजमा सप्तहरीको महादेवा–१, बजुराही टोलमा ६२ वर्षीय महमद गफुरको कुटपिट गरी हत्या भएको थियो ।

घटनापछि फरार रहेका आमा छोरालाई मंगलबार प्रहरी चौकी पकरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकृत डीएसपी तिलक भारतीयले बताउनुभयाे ।

उहाँका अनुसार सामान्य विषयमा उनीहरु बीच पटकपटक विवाद हुने गरेको स्थानीयले बताएका छन् । छोराको साथमा लागेर श्रीमतीले पनि महमदलाई कुटपिट गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

नहिमले मादक पदार्थ सवन गर्न बुबासँग पैसा माग्ने र नदिए कुटपिट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् । अहिले आमाछोरालाई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी भारतीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५