X

लिबियामा जारी हिंसामा ३९२ को मृत्यु

    अमृत अधिकारी || २१ बैशाख २०७६,शनिबार १४:४४


त्रिपोली, वैशाख २१ गते ।  संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ ।    


     
साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ ।     
     
डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ ।     (रासस -सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५