Erani Mahal
पाल्पाकाे तिनाउमा अबैध उत्खनन : जेसिबी र ट्याक्टर प्रहरी नियन्त्रणमा
tax office
पाल्पा – तिनाउ खोलाबाट अबैध रुपमा ढुङ्गा निकाल्न प्रयोग भएका जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनाउ–३, बेसीस्थित तिनाउ खोलामा अबैध रुपमा ढुङ्गा निकासीमा प्रयोग भएका दुई वटा जेसिबी र दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ग १ क ४१०५ र ग १ क ५०२५ नम्बरको जेसिबी तथा ना ३ त ९१६३ र लु २ त ३६१२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । स्वीकृतिविनै तिनाउ खोलाबाट अत्यधिक नदीजन्य पदार्थ दोहोन भइरहेको छ । नियन्त्रणमा लिइएका सवारीलाई कानुनअनुसार कारबाही गर्न तिनाउ गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले तीन महिना असार, साउन र भदौँ महिनामा नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाइसकेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । पछिल्लो समय तिनाउ गाउँपालिका क्षेत्रबाट अत्यधिक मात्रामा नदीजन्य पदार्थको चोकी निकासी भइरहेको छ । गाउँपालिकाले समेत नदीजन्य पदार्थ उत्खनन्मा पारदर्शी मापदण्ड बनाउन नसक्दा अबैध कार्य गर्नेलाई बल पुगेको छ । त्यसले गाउँपालिकालाई करोडौँको राजश्व चुहावट भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update