Erani Mahal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक माथागढी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम संचालन
dd
पाल्पा - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक माथागढी शाखाको आयोजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैकले ग्लाेवल मनि वीक २०२३ को अवसर पारेर माथागढी ४ झडेवामा रहेको किसान बहुमुखी क्याम्पसका स्नातक तहमा अध्यनरत करिव ४० जना छात्रछात्राहरुलाई बैंक तथा वित्तिय क्षेत्रका विषयमा जानकारी गराएको छ । कार्यक्रममा बैंकका शाखा प्रवन्धक बाबुराम पराजुलीले बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सेवाका बारेमा प्रष्ट पार्नुभयाे । उहाँले वित्तिय कारोबार, भविश्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेशणबाट प्राष्त रकमको उत्पादनमुलक लगानी, पारिवारीक बजेट तथा योजना बैकका बचत तथा कर्जा योजना लगायतका बारेमा समेत जानकारी गराउनुभयाे । सो अवसरमा बोल्दै बैंक शाखा इन्चार्ज मधुसुदन बस्यालले ‘ग्लोबल मोनी विक्स’ कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताए उक्त कार्यक्रममा बैंकका कर्मचारी सागर ज्ञवाली र बिशाल केसीले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे । बिद्यार्थीहरुलाइ बित्तीय साक्षरताको महत्त्व बैंक तथा बित्तीय संस्थाले गर्ने कार्य तथा सेवा सुबिधाहरु, बचतको महत्त्व, डिजिटल बैंकिग लगायतका विषयबस्तुमा जानकारी प्रदान गरिएको थियो । सो अवसरमा वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न आर्थिक क्रियाकलप र व्यवस्थापनमा सहज हुने बताइएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update