Erani Mahal
माथागढीकाे १२ औँ गाउँ अधिवेशन, उत्कृष्ट कर्मचारी, शिक्षक र लेन्थमेन सम्मानित
matt
पाल्पा – माथागढी गाउँपालिकाको गाउँसभाको १२ औँ गाउँ अधिवेसन सम्पन्न भएको छ । मंगलबार भएको गाउँसभाले दुई नयाँ विधेयकहरू पारित गरेको छ भने चालु आवको बजेट तथा कार्यक्रमलाई संशोधन सहित पारित गरेको छ । सभाको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले माथागढीलाई जनताको चाहना र आवश्यकतालाई बुझेर पालिका अघि बढ्ने बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बावजुद पालिकाले आधारभूत क्षेत्रका जनताको हितमा काम गर्ने गरी बजेट तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । सभाका अवसरमा माथागढी गाउँपालिका वडा नं. २ र ४ को सडक सरसफाई र मर्मत गर्ने कार्यमा खट्ने सात जना लेन्थमेनलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै विषयगत रुपमा उत्कृष्ट चार जना कर्मचारीहरु सुकुमाया दर्जी, विनय यादव, ओमन दर्लामी थापा र जित कुमारी ढेंगालाई गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सम्मान गर्नुभयो । उहाँले नगदसहित उत्कृष्ट कर्मचारीलाई सम्मानपत्रले सम्मान गर्नुभएको हो । गाउँसभाले दुई नयाँ विधेयकहरु र बजेट तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्तावहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ वडा नं १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले भन्नुभयाे सभाका अवसरमा माथागढी गाउँपालिकाका उत्कृष्ट कर्मचारी,शिक्षक,विद्यार्थी ,सडक मजदुर लगाएतलाइ सम्मान समेत गरिएको छ । यस्तै उत्कृष्ट प्रधानाध्यापकको रुपमा छविन्द्र वि.क, उत्कृष्ट शिक्षक इन्दिरा गैरे देवकोटा विन्दु अधिकारी, टेकबहादुर रेश्मी र रमा काफ्लेलाई सम्मान गरिएको हो । शिक्षकहरुलाई समेत नगद र सम्मानपत्रले सम्मान गरिएको हो । हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो । माथागढी गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य संस्था रुप्से स्वास्थ्य चौकी, उत्कृष्ट पारामेडिक्स चिदीपानी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ध्रुब बहदुर सुनार, उत्कृष्ट नर्सिङ कर्मचारी झडेवा स्वास्थ्य चौकीका सि.अ.न. मि. गिता चुहानसारु तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाहरु माया न्यौपाने, भोबिसरा सारु, शशिकला राना, भिमा सारु, भिमिसरा गाहा, चेतिसरा रेस्मी, पेमकला मश्राङी र बिमला थापालाइ सम्मान गरेकाे छ ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update