पाल्पा - माघे संक्रान्तीकाे अवसरमा पाल्पाकाे तानसेनमा मगरी खाजा एवम् बृहत सांस्कृतिक महाेत्सव हुने भएकाे छ । कैलाश-वसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह-आयोजनामा यही पुस ३० गते शनिबारका दिन महाेत्सवकाे आयोजना गरिएको हाे ।
समाजका अध्यक्ष शेर बहादुर सोमैले तानसेनमा आयाेजित पत्रकार भेटघाट पुस ३० गते मगरी खाजा एवं सांकृतिक कार्यक्रम गर्न लागिएकाे जानकारी दिनुभयाे ।
माघे संकरातीकाे अवसरमा मगर समुदायकाे संस्कृति झल्काउने ठूलो नाँच (नचरी), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका ४ वटै कलाकेन्द्रहरुको बिशेष प्रस्तुतीमा सांस्कृतिक कार्यक्रम हु्ने उहाँले बताउनुभयाे । यस्तै मगर समुदायकाे परम्परागत खानाहरू सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका विभिन्न परिकारहरू, कुखुराको मासु पनि महाेत्सवमा राखिने नेपाल मगर संघ पाल्पाका पूर्व अध्यक्ष बलबहादुर रानाले बताउनुभयाे ।
कार्यक्रम विहान ११ बजे देखि बेलुकी ५ बजेसम्म हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहनेछ ।
२०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजमा अहिले १०१ घर परिवार आवद्ध रहेका छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ, पाल्पाका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, महासंघका केन्द्रीय परिषद् सदस्य देवबहादुर पचभैँया, पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिना, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य मिलन विक, जिल्ला अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका सचिव अमृत अधिकारी लगायतको कार्यक्रम सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय