Erani Mahal
पाल्पाको छहरामा जिप दुर्घटना, दुई जनाकाे अवस्था गम्भीर
jeep-aacident
पाल्पा - पाल्पाको रैनादेवी छहरा-४ छहरामा एका बिहानै जिप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निमार्णधिन भवन माथि दुर्घटना भएको हाे । दुर्घटनामा परी ११ जना यात्रु घाइते भएकाे २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ । राति १२ बजे बुटवलबाट जुठापौवा हिडेको जिप के कारणले दुर्घटना भएकाे हाे भन्ने कारण खुलेको छैन । घाइतेकाे उपचारका लागि तानसेनतर्फ पठाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update