Erani Mahal
मेरो दिलको मान्छे मलाई......... गीति कविता
govinda raj oja
मेरो दिलको मान्छे मलाई पनि साथमा लैजाउ यो लामो यात्रामा मलाई पनि बाटो देखाउ जव तिमि समिप हुन्छौ ,यो अनुहारमा मुस्कान आउछ स्पर्श गरेर मलाई हेर्दा यो दिलमा काउकुती लाग्छ शिवरात्रिको यो मेलामा नहेरिदेउ तिमिले आउ एकान्तमा केहि कुरा गर्यौ हामिले तिमि सधै रमाईरहनु, यो मेरो मनले भन्छ तिम्रै मायाले मलाई जिवित बनाई राख्छ पुगे म चौतारिमा केहि समय बस्न देउन यो लामो यात्रामा मलाई पनि बाटो देखाउन मेरो दिलको मान्छे मलाई पनि साथमा लैजाउ यो लामो यात्रामा मलाई पनि बाटो देखाउ + गोबिन्द राज ओझा (राजन) दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update