Erani Mahal
निस्दीमा बजार अनुगमन, म्याद नाघेका सामग्री छ्यापछ्याप्ती !
nn
पाल्पा– निस्दी गाउँपालिका पाल्पामा बजार अनुगमन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष तथा निस्दी गाउँपालिका उपभोक्त हित संरक्षणका संयोजक र निस्दी गाउँपालिकाको बजार अनुगमन टोली संयोजक तिरण कुमारी श्रेष्ठको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनमा इलाका प्रशासन कार्यालय रामपुरका प्रतिनिधि आशिष श्रेष्ठ, निस्दी गा पा कर्मचारी, नेपाल प्रहरी रुक्सेभङ्ज्याङ्ग प्रमुख हेम बहादुर रास्कोटी एवं पत्रकारको समूहले निस्दीको मुख्य बजारहरु मित्याल बजार, ढुङ्ग्नाबेसी र बेलडांडामा बजार अनुगमन गरेको छ । बजार अनुगमन गर्दा कति पसलहरुमा म्याद नाघेको समान बिक्री वितरण गरेको पाएको छ । कति पसलहरुले बिना अनुमति व्यवसाय गरेको भेटिएको छ । धेरै जसो समान पिय पदार्थ, बेसन तथा जङफुडका समान म्याद नाघेको सामान छ्यापछ्याप्ती भेटिएको छ । अनुगमन टोलिले बिक्री वितरणमा राखेको म्याद नाघेका समान जफत गर्दै कुनै पनि व्यवसाय गर्दा गा पा मा अनुमती लिएर व्यवसाय गर्न अनुरोध गरेको छ । म्याद नाघेको समानलाइ निस्दी गापा अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तिरण कुमारी श्रेष्ठको रोबहर, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल लगायत निस्दी गा पा बजार अनुगमन टोलिको उपस्थितिमा उक्त म्याद नाघेको जफतलाई समानलाई निस्दी गापामा नष्ट गरेको छ । पुनाराम सुनारीकाे वालबाट
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update