Erani Mahal
माथागढीकाे सराई बजारमा अनुगमन
re
पाल्पा – माथागढी गाउँपालिकाले बुधबार वडा नं. ३ को सराई बजारमा अनुगमन गरेको छ । चाडपर्व दशैँ, तिहार, छठ तथा नेपाल सम्बत नजिकिदैँ गर्दा पालिकाले बजार अनुगमन गरेको हो । सराईको ओझापुल, खिरौली, फूलबारी चोकलगायतका बजारमा अनुगमन गरिएको अनुगमन टाेलीले जनाएकाे छ । अनुगमनका क्रममा म्याद नाघेका बेकरी, मसला, हलुका पेय पदार्थ, चाउचाउ, श्रङ्गार लगायतका सामग्री भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयोे । [caption id="attachment_27615" align="alignnone" width="768"] बजार अनुगमनपछि म्याद नाघेका खाद्य बस्तु नष्ट गर्दै अनुगमन टाेली । [/caption] स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर खाद्य पसल तथा अन्य पसलमा अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बुधबार २४ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनमा अधिकांश पसल दर्ता भएको तर पसलको दर्ता अनुमति नवीकरण नगरेकाले नवीकरण गर्न र मुल्य सूचि टाँस गर्न पसलेलाइ निर्देशन गरिएको छ । अनुगमनमा पालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेमगरको नेतृत्वमा भएको हो । अनुगमनमा पालिकाका कर्मचारी, प्रभास प्रहरी चौकीका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । आगमाी दिनमा पनि बजार अनुगमनमा निरन्तरता दिइने पालिकाकी उपाध्यक्ष लुङ्चेले बताउनुभयो । बजार अनुगमनबाट उपभाेक्ताकाे अधिकार स्थापित गर्न र स्वच्छ र मर्यादित बजार बनाउन सहयाेग पुग्ने लुङ्चेले बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update