Erani Mahal
पाल्पामा साइकलिङ तथा प्याराग्याइडिङ
news_1664264613
पाल्पा - विश्व पर्यटन दिवसकाे अवसरमा पाल्पामा साइकल ¥याली सहित प्याराग्लाइडिङ गरिएकाे छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले ऐतिहासिक तथा पर्यटकीय जिल्ला पाल्पामा पर्यटनकाे प्रचुर सम्भावना रहेकाे बताउनुभयाे । प्रेमको प्रतिक रानीमहल, श्रीनगर, एसियाको सबै भन्दा ठूलो ढोका, रणउज्जेश्वरी भगवती मन्दिर, भैरव स्थान, ऋषिकेशव मन्दिर लगाएतका धार्मिक एवम प्राकृतिक पर्यटकिय स्थलहरूले पाल्पालाइ पहिचान गराउन सहज रहेको मन्त्री रानाले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तानसेनको पर्यटन व्यवसायको संरक्षण एवम सम्वर्दनमा लागि पर्ने उहाँले बताउनुभयो । नाटा पाल्पा च्याप्टरले विश्व पर्यटन दिवसका अवसरमा बतासे डाँडाको प्याराग्लाइडिङ्ग क्षेत्रमा सरसफाइ, साइकल र्याली तथा प्याराग्लाइडिङ्ग मार्फत विश्व पर्यटन दिवसको नारा लिखित व्यानर र नेपाली पहिचान बोकेको राष्ट्रिय झण्डा आकाशमा फर्फराएर विश्व पर्यटन दिवस मनाएको हो । नाटा पाल्पाका अध्यक्ष राजीवकुमार शाहले पाल्पामा कोभिड पछि सुस्ताएको पर्यटन व्यवसायलाई पुर्नतार्जकी गर्ने हेतुका साथ सस्थाले अभियानको शुभारम्भ गरेकाे बताउनुभयाे । नाटा पाल्पा च्याप्टरका सस्थापक अध्यक्ष प्रदिप प्रसाद उदयले संस्थाले स्थापनाकाल देखि नै पाल्पा जिल्लाको समग्र पर्यटन व्यवसाय विकासका गर्न आफ्ना कार्यहरूलाई केन्द्रीत गरि सशक्त रूपमा अगाडि बढाएको बताउनुभयो । तानसेन वडा न ६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेन अाँफैमा सुन्दर नगरी भएकाे बताउँदै यसकाे प्रवर्दनात्मक कार्यकाे अावश्यकता रहेकाे बताउनुभयाे ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update