Erani Mahal
सीता मावि बगनासकालीको ६२ औं वार्षिकोत्सव सम्पन्न
s 11
पाल्पा– सीता माध्यमिक विद्यालय बगनाकसकाली ६ पाल्पाकोे ६२ ओैं बार्षिक उत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले शैक्षिक जनशक्ति विकासमा विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदानमा थप जोड दिनुपर्ने बताउनुभयो । यस्तै पालिका उपाध्यक्ष हरि पाठक, बगनासकाली वडा नं –६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, वडा–३ वडा अध्यक्ष तथा पालिका प्रवक्त टिका बहादुर थापा शिक्षक अभिभावक संघका अध्यक्ष दयाराज बस्याल दर्लमडाडा माविका सहायक प्रअ डिल्लिराज गैरे विव्यस सदस्य दिनानाथ बस्याल लगायतले विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय प्रगतिको शुभकामना दिनुभयो । विद्यालयका प्रधानाध्यापक तेजराज पाण्डेयले आ.ब.०७८/०७९ को एक कराेड तीन लाख ४६ हजार ९ सय १६ बरावरकाे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जयराम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक झपेन्द्र बस्यालको स्वागत र शिक्षक रेश्मिराज बस्यालले कार्यक्रम सञ्चालन गर्नु भएको विद्यालयका विज्ञान शिक्षक खुमप्रसाद सारुले रानीमहललाई जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयमा लामाे समय अध्यापन गराएका शिक्षकलाइ सम्मान र विदाइ समेत गरिएको थियो । साथै परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update