Erani Mahal
नवदुर्गा मावि रामपुरको ४२ औँ वार्षिक उत्सव
nwa
पाल्पा- नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका ६ तिलकपुुर पाल्पाको ४२ औँ वार्षिकउत्सव तथा ४३ औँ अभिभावक दिवस कार्यक्रम सकिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार देवराज ढकालले गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि ढकाल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, नगर शिक्षा अधिकृत विकल काफ्ले, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल, दरैठाँटी माविका शिक्षक हेमबहादुर घर्ती, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटि अध्यक्ष यमबहादुर सुनार, सामुदायिक रेडियो रामपुरका संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराई, रामपुर ६ का निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपाने, आधारभुत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराई लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । प्रधानाध्यापक भानुभक्त न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष बिक्रमराज अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक दिपेन्द्र भट्टराई र शोभाकान्त सिग्देलले गर्नुभएको हो । वार्षिकोत्सवको अवसरमा संचालित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यर्थाीलाई पुरस्कार वितरण, शिक्षकद्धारा नाटक प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update