Erani Mahal
माओवादी केन्द्र तानसेनको शुभकामना आदान प्रदान
rrr
पाल्पा – नेकपा माओवादी केन्द्र तानसेन नगर समितिले बडादशैं, शुभदिपावली, छठ, नेपाल सम्बत, मोहमद जयन्ती तथा क्रिशमस डेका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले आउँदो निर्वाचनमा पार्टीलाई अव्वल बनाउने गरी खट्न कार्यकर्तालाई निर्देशन दिर्दैं यि चाडवाडले त्यसको लागि सबैलाई सहयोग पुग्ने विश्वास गर्नुभयो । यस्तै प्रदेश सहसचिव पार्वति विकले शुभकामना दिदैं पार्टीको नीति अनुसारको नेतृत्व संघ, प्रदेश र स्थानीय तहमा नहुँदा संघीयताको मर्म धरापमा परेको भन्दै संघीयता संस्थागत गर्न माओवादी केन्द्रलाई विजयी बनाउनुपर्ने बताउनुभयो । जिल्ला संयोजक राजेन्द्र प्रसाद विश्वकर्माले संघीयता र गणतन्त्रको संस्थागत विकासका साथै देशमा समृद्धि ल्याउन माओवादीको सरकार आवश्यक रहेको बताउनुभयो । यस्तै क्षेत्र नं. १ का इन्चार्ज एवम् प्रदेश सदस्य जित बहादुर थापाले पार्टी टुटफुुटले पार्टीका नीति धरापमा परेको बताउँदै त्यसकोलागि पार्टी एक ढिक्का भएर क्रान्तिको मर्म पूरा गर्नुपर्ने बताउनुभयो । यस्तै सचिवालय सदस्य मथुरा ढकाल प्रदेश कमिटि सदस्य राम बहादुर रावल टुकप्रसाद भट्टराइ लगायतले चाडवाडसँगैको चुनावमा पार्टीको नीतिलाई अगाडि बढाउन सबैले आफ्नो क्षेत्रमा खट्नुपर्ने र पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनुपर्ने बताउनुभयो । नगर समिति अध्यक्ष तथा उपमेयर प्रतिक्षा गाहाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगरसचिव नवराज बस्यालले गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update