Erani Mahal
रिब्दीकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण गर्न सुरु
ribdikot
पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । पछिल्लो समय पहाडी जिल्ला पाल्पामा समेत डेंगुका संक्रमित दैनिक रुपमा बढेपछि पालिका भित्रका नागरिकको निःशुल्क परीक्षणको व्यवस्था मिलाइको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयाे । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि स्थानीय सरकारले अभियान नै संचालन गरेर निःशुल्क परीक्षण सुरु गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताउनुभयाे । समुदायस्तरमा लक्षणसहितका बिरामी संख्या बढेपछि निजी क्लिनिकबाट परीक्षण गर्दा महगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन पालिकाले निः शुल्क परीक्षण सुरु गरेको शाखा संयोजक अधिकारीले बताउनुभयाे । पालिकको स्वास्थ्य शाखाले डेंगु सम्बन्धी अभिमुखिकरण समेत गरेर खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क परीक्षण गर्दै आएको जनाएको छ । असोजको ४ गतेदेखि सुरु भएको निः शुल्क परीक्षणमा हालसम्म ३८ जनाले सेवा लिएका छन् । जसमध्ये हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अहिले पनि दैनिक रुपमा ८।१० जनाको दरमा परीक्षणगर्ने बिरामी स्वास्थय केन्द्रमा पुग्ने गरेका छन् । जममध्ये केहीमा संक्रमण देखिएको स्वास्थ्य केन्द्रले जनाएको छ । यसैबीच स्वास्थ्य शाखाले अभिमुखिकरण कार्यक्रम गरी डेंगु रोगको बारेमा जानकारी दिनुका साथै यो रोगको जोखिम तथा यसबाट जोगिने उपायका बारेमा जानकारी समेत दिएको स्वास्थ्य शाखा संयोजक अधिकारीले बताउनुभयाे । सो अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतले सामान्य तरिकाबाट सर्ने डेंगु रोगको विषेश उपचार नहुने हुँदा सावधानी नअपनाएमा ज्यानै समेत जाने हुँदा सचेत र सर्तकता अपनाउनुपर्ने बताए । स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्येनजर राख्दै निः शुल्क परीक्षण सुरु गरेको हुँदा नागरिकले पनि घर र समुदाय स्तरबाट जोजिने उपाए अपनाएमा मात्रै यसको नियन्त्रण हुने उनीहरुको भनाई थियो । यसैबीच यो पालिकाको एकजना संक्रमितलको हालै तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु समेत भएको थियो जसका कारण समुदायमा त्रास फैलिएको छ । सामान्यतया सरसफाई र लामखुट्टेको टोकाइबाट जागिन सके भए पनि यसतर्फ जानकारी नै नभएका कारण स्थानीयमा त्रास फैलिएको हो । जसका लागि स्थानीय सरकारले टोल टोलमा पुगेर यसबारे सचेतना फैलाउने कार्य सुरु गर्नु पर्ने स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update