Erani Mahal
इलाका प्रशासन कार्यालय रामपुरको नयाँ भवन निर्माण सुरु
RA 1
रामपुर (पाल्पा) - रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माणसुरु गरिएकोे छ । रामपुर नगरपालिका–५ स्थित बेझाडमा तीनतले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक रु चार करोड १४ लाख ७६ हजार ८६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो । उक्त भवन विसं २०८० पुस २२ मा निर्माण गरिसक्नुपर्ने संझौतामा उल्लेख छ । भैरहवास्थित सङ्घीय आयोजना कार्यान्वयन एकाइको प्राविधिक सहयोगमा गत साउनदेखि थालनी गरिएको हो । हाल भवनको फाउन्डेसन तयार गर्ने काम भइरहेको छ । तीन रोपनी सार्वजनिक जग्गालाई इलाका प्रशासन कार्यालयको नाममा नेपाल सरकारले हस्तान्तरण गरेपछि भवन निर्माण थालिएको थियो । भाडामा सञ्चालन हुँदै भवनमा प्राप्त कोठा नहँुदा राष्ट्रिय परिचय पत्र, पासपोर्टसम्बन्धी सेवा नियमित दिन नसकिरहेको अवस्थामा अब कार्यालयको आफ्नै भवन भएपछि सबै सेवा दिन सहज हुने कार्यालय प्रमुख भगवानभक्त अर्यालले बताउनुभयो । पूर्वी पाल्पाबासी लाई सेवा दिने उद्देश्यले २०६३ असार १० गते उद्घाटन भई सेवा दिँदै आएको प्रशासन कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको छ । कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update