Erani Mahal
गजल : प्वाँख पलाए, चल्ला उडे, हातगोडा बस्दै गए !
s kumar garamja
– राम बहादुर गरंजा (एसकुमार) धर्ति हैन, आकाशको छानो पनि आफ्नो रहेनछ पैतालामुनि एक मुठी माटो पनि आफ्नो रहेनछ । काटिन्छ, चोट सहन्छ, पीडा मेरै जस्तो छ, सोच्थे बिचरा पीडित त्यो अचानो पनि आफ्नो रहेनछ । सफरमा त सहयात्रीहरू कति भेटिन्छन्, कति खै कता पो छुटाउँछ, बाटो पनि आफ्नो रहेनछ । यहाँ मानो रोपेर मुरी फलाउँछन् किसानहरू सबै साहुले लान्छ, मानो पनि आफ्नो रहेनछ । प्वाँख पलाए, चल्ला उडे, हातगोडा बस्दै गए आमा भन्छिन् ढिकी, जाँतो पनि आफ्नो रहेनछ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update