Erani Mahal
तानसेनमा चाडवाड लक्षित यात्रु सहायता कक्षकाे सुरुवात !
IMG_8365-1536x1024-1
पाल्पा - तानसेनकाे बसपार्कमा चाडवाड लक्षित यात्रु सहायता कक्षकाे सुरुवात गरिएको छ । यात्रुलाई सहजताका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । चाडपर्व सुरु भएसंगै हुन सक्ने समस्यालाई मध्यनजर गरी सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले बताउनुभयाे । यसअघि रामपुरमा सहायता कक्ष स्थापना भएको र अन्य स्थानमा पनि आवश्यकता अनुसार कक्ष स्थापना गरी ट्राफिकले नागरिकलाई सहयोग र सहजिकरण गर्ने पनि प्रमुख मल्लले बताउनुभयाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले ट्राफिक र प्रहरीले मात्रै सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजिकरण गर्नुपर्ने बताउनुभयाे । प्रजिअ पन्तले पर्वका बेला हुनसक्ने दुर्घटनाका बारेमा सचेत हुन र सबैले ट्राफिक नियमको पालना गरेमा मात्रै सहज तरिकाले पर्व मनाउने सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिनुभयाे । यस्तै तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतिक्षा सिंजालीले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नु पर्ने अवस्थालाई मध्यनजर गरेर स्थापना गरिएको सहायता कक्षबाट सहयोग लिएर यात्रा गर्न यात्रुलाई आग्रह गर्नुभयाे । यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले चाडपर्वका बेला देखिने समस्या सवारी धनी र चालकहरुबाट मात्रै नभई यात्रुहरुबाट पनि हुने गरेको हुँदा सबैले आफ्नाे जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयाे । खासगरी सवारीमा बढी भाडा लिने, सामग्री हराउने, गन्तवयमा पुग्ने सवारीको ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षबाट सेवा लिन पाउनेछन् । यात्रुहरुले सहायता कक्षबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update