Erani Mahal
नेवि संघ त्रिभुवन क्याम्पसले दशैंतिहार शुभकामना आदान–प्रदान
news_1663950567
पाल्पा- नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा इकाई समितिले दशैंतिहार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । साे कार्यक्रममा बाेल्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले मुलुककाे समृद्धि र रोजगार काँग्रेसको मुख्य एजेण्डा रहेको बतानुभयाे । सभापति श्रेष्ठले भन्नुभयाे ‘अहिलेको आवश्यकता भनेको समृद्धिसँगै रोजगार हो, राजनीतिलाई समृद्धि र रोजगारसँग जोडेर अगाडि बढ्न सकेनौ भने देशको विकास सम्भव छैन ।’ विद्यार्थीहरूले शैक्षिक ज्ञान हासिल गरे सँगै उत्पादनशिल कार्य जाेड्न सके देशमै स्वराेजगार हुने अवसर प्राप्त हुने हुदा नेपाली काङ्ग्रेसले मुलुक समृद्धि र राेजगारकाे एजेन्डा अगाडि सारेकाे सभापति श्रेष्ठले बताउनुभयाे । विद्यार्थीहरु भविष्यका कर्णधार भएको बताउनुभयाे । कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेविसंघ पाल्पाका कार्यवाहक सभापति सुरेश बोहोरा लगायतले आउँदै गरेको विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाई नेविसंघको संगठनमा सशक्त भएर लाग्न आग्रह गर्नुभयाे । नेविसंघका इकाई सभापति पुण्यप्रसाद सुवेदीको अध्यक्षता र इकाई सदस्य युवराज चन्द बोहोराको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update