Erani Mahal
रिब्दीकोटले घरमै पुगेर अपाङ्ता परिचय पत्र वितरण  !
ri a
पाल्पा– रिब्दिकोट गाउपालिकाले अशक्त व्यक्तिहरुको घरघरमै पुगेर अपाङ्ग परिचय पत्र वितरण गरेको छ । जो अस्पतालसम्म आउन सक्दैन, असक्त छ उनीहरुको घरमै गएर प्रमाण पत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । रिब्दीकोट गाउँपालिकामा पालिका स्तरीय अपाङ्ग समितिले पूर्णता पाउना साथ जनता प्रति सम्वेदशिल भई फरक क्षेमताका अति अशक्त भएको व्यक्तिहरुलाई एक टिम नै बनाई घरदैलोमा नै गई सेवा दिन सुरु गरेको हो । अध्यक्ष उपाध्यक्ष प्रशासकीय अधिकृत, स्वास्थ साखा प्रमुख सहितको टोलीले २ दिने घरदैलो शिविर संचालन गरेको थियो । रिब्दीकोट गाउँपालिकामा असोज ६ र ७ गते अभियान स्वरुप १४ जना फरक क्षमता भएका नागरिकहरुलाई कार्ड वितरण समेत गरेको छ । हरेक महिनाको १५ गते भित्र वडा कार्यालयमा फरक क्षमता भएका व्यक्तिहरुले अनुसुचि १ बमोजिम सबै विवरण भरी सके पछि सो फाईल वडा कार्यालय ले गाउँपालिका पठाई सके पछि अपाङ्ग समितिको बैठक २२ गते भित्र बसी हरेक महिनाको अन्तिम सोमबार पालिका बाटै नै अपाङ्ग कार्ड वितरण गरिने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिनु भयो । जनता बाट प्रतिनिधि चुनिए पछि जनतासंगको बाचा पूरा गर्दै जनताको घर दैलोमै सेवा दिन पाउँदा आत्म सन्तुष्टि भएको र आगामी दिनमा समेत जनताको सेवामा नै निरन्तर घरदैलोमा नै जाने उदेश्य स्थानीय सरकारको रहेको जानकारी गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले भन्नू भयो । घरदैलो अभियानमा प्रमुख प्रसासकिय अधिकृत, कार्यपालिका सदस्य, मेडिकल डाक्टर , स्वास्थ्य शाखा लगायत अपाङ्ग समितिका पदाधिकारी हरुको उपस्थिति रहेको कार्यपालिका सदस्य शुनिल बस्यालले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update