Erani Mahal
स्थानीय कार्यकर्ता नै पार्टीको मेरुदण्ड हो : एमाले नेता आचार्य
Yemale Narannn (1)
पाल्पा - नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नारायण प्रसाद आचार्यले स्थानीय कार्यकर्ता नै पार्टीको मेरुदण्ड हो भन्नुभएको छ । नेकपा एमाले निस्दी-६,अर्चले,पाल्पाको वडा कमिटीद्वारा आयोजित वडास्तरीय बृहत राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । स्थानीय कार्यकर्ता नै स्थानीय जनता र मतदातासंग सहयोग र सदभावमा सदैव नजिक रहने बताउदै अनुशासित क्रियाशील काम गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रम नेता आचार्यले आगामी मंसिर ४ गतेको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर-१ बाट संघीय सांसदको उम्मेदवारको लागि पार्टीले आफु लगायत अन्य नेताहरुलाई सिफारिस गरेको बताउदै आफु नै टिकट पाउनु पर्छ भन्ने नरहेको बताउनुभयो । उहाँले भन्नुभयो टिकट जो जसले पाए पनि पार्टीको सच्चा सिपाहीले पाउनु पर्छ,एमालेले जित्नु नै जनताको जीत हुनेछ । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य मुक्त बहादुर सारुले जनता सुखदुःख मा साथ दिने नेता नै सच्चा नेता हुने र जनताले पनि त्यहीँ अनुसारको मूल्यांकन गर्ने बताउनुभयो । निस्दी गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका सारुले यस वर्ष निस्दीलाई शिक्षा वर्ष घोषणा गरिएको बताउदै शिक्षा लगायत बिकासका अन्य पूर्वाधारमा जोड दिएको बताउनुभयो । यसैगरी प्रदेश सदस्य बुद्धिराज गौतमले अर्चलेका जनता सच्चा कम्युनिस्ट रहेको बताउदै अर्चलेका जनताबाट सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा निस्दी-६,अर्चले,चिदियाका मृगौला पीडित टक बहादुर बयम्बुलाई बिभिन्न टोल कमिटीबाट संकलित ६० हजार ४४० रुपैयाँ समेत आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो । नेकपा एमाले वडा कमिटीका अध्यक्ष महेन्द्र बयम्बुको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सन्चालन वडा कमिटी सचिब कृष्ण बहादुर सुनारीले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update