Erani Mahal
अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने
307764249_1691266751267049_7241118186386552607_n
पाल्पा - अष्ट्रेलियाको सिड्नीमा नेपाली म्युजिक फेष्टिबल ‘ड्रिम फेष्ट’ हुने भएको छ । आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्न लागेको फेस्टिबलमा इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । ड्रिम हाइट्सको स्थापना १० वर्ष अगाडि कपिल सिम्खडा र पासाङ शेर्पाले गरेका थिए। ड्रिम हाइट्सले अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई मनोरञ्जन दिदै आइरहेको छ । आस्था ब्यान्ड ,लाउरे , द अग्ली ब्यान्ड ,साकार , सविन राई एण्ड द फारावो, वेक यबेश , नितेश जंग कुँवर , स्वप्न सुमन , भिटेन ,५:५५ योद्धा क्युट विक (अनुप शाही) प्रसिद्ध कलाकारहरुलाई ल्याई गरेको अनुभव छ । अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिबल हुने आयोजकको दाबी छ । सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वाषिर्कोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रबार बेलुका ६ बजेबाट सुरु हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update