Erani Mahal
तानसेनकाे विद्युत छुट सम्झाैता :  उपभाेक्ताकाे न्यूनतम महशुल तिरिदिने !
IMG_2628-1536x1024
पाल्पा - तानसेन नगरसरकारले उपभाेत्तालाइ विद्युत छूट दिने कामकाे कार्यान्वयन गरेकाे छ । नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्र र तानसेन नगरपालिका बीच विद्युत महशुल छुट कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएकाे छ । तानसेन नगरपालिका क्षेत्र भित्रका आर्थिक रुपमा विपन्न नगरवासीले खपत गर्ने न्यूनतम विद्युत महशुल छुट सम्बन्धी कार्यक्रम कार्यान्वनका लागि सम्झौता भएको हो । नगर पालिकाको ११ औं नगरसभावाट निर्णय भए अनुसार ५ एम्पियर विद्युत मिटर जडान गरी २० युनिट सम्म खपत गर्ने उपभोक्ताहरुका लागी न्यूनतम ३० रुपैंया महशुल छुट दिने कार्यक्रम अनुसार सम्झौता गरेको तानसेन नगरपालिकाका प्रवत्ता यादव सिहं कार्कीले जानकारी दिनुभयो । यो कार्यक्रमले हेर्दा सुन्दा सानो रकम अनुदान दिएको देखिए पनि ग्रामिण क्षेत्रका उपभोक्ताले रकम बुझाउन आउँदा लाग्ने अतिरिक्त खर्च जोगिने बताउनुभयो । नगरपालिकामा १ हजार ८ सय १५ परिवारले विद्युत महशुल छुटका लागि आवेदन दिएको नगरपालिकाका बरिष्ट अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो । उपभोत्ताको निवेदनको आधारमा तानसेन नगरपालिकाका १४ वटै वडावाट क्रमशः वडा नं १ का ९, वडा नं २ का १, वडा नं ३ का ४, वडा नं ४ का ५, वडा नं ५ का १ सय ६५, वडा नं ६ का ६०, वडा नं ७ का ४१ ,वडा नं ८ का ३ सय ४५, वडा नं ९ का १ सय ६३, वडा नं १० का ६८, वडा नं ११ का ४ सय ८२, वडा नं १२ का ३ सय २६, वडा नं १३ का १ सय २५ र वडा नं १४ का २१ उपभोक्ताहरुलाई विद्युत महशुल अनुदान उपलब्ध गराउन सिफारिस गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८० असार मसान्तसम्म लागू हुने गरी विद्युत प्राधिकरणसँग सम्झौता गरेको हो । कार्यक्रममा तानसेन नगरपालिकाकी कार्यबाहक नगरप्रमुख प्रतीक्षा सिंजालीले ग्रामिण क्षेत्रका विपन्न नागरिकका लागि लक्षित कार्यक्रम अन्तरगत विद्युत महशुल अनुदान सञ्चालन गरिएको बताउनुभयो । २० युनिटभन्दा केही कम खपत गर्ने उपभोक्ताहरु धेरै भएपनि सहि सुचना सवैकोमा नपुग्दा अनुमान गरेको भन्दा निकै कम उपभोक्ताहरुले आवेदन दिएको बताउनुभयो । यो कार्यक्रमका लागि नगर कार्यपालिकाले १५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि यो बजेट पर्याप्त भएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । अहिले केही कारणले छुटेका उपभोक्ताहरुलाई समेत आगामी वर्ष टोलटोलमा गएर समावेश गर्ने ज्ञवालीले जानकारी गरउनुभयो । १८ सय १५ घरधुरीको नगरपालिकाले यो कार्यक्रम लागू गरेपछि ९० रुपैयाँ महशुल बुझाउन धेरै समय र पैसा खर्च गरेर सदरमुकाम आउनुपर्ने बाध्यता टरेको बताउनुभयो । जिल्ला भरिनै महशुल काउन्टर १ वटा मात्र भएकोले गर्दा पनि ग्राहकहरुलाई दुर्गम क्षेत्रवाट तानसेन आईपुग्न गारो हुने भन्दै चाडैनै महशुल काउन्टर पनि विस्तार गरिने अधिकारीले वताउनु भयो । उहाँका अनुसार पाल्पा जिल्लामा २० युनिटभन्दा कम खपत गर्ने २५ हजार बढी उपभोक्ता रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update