Erani Mahal
तानसेनका व्यवसायीकाे लापरवाही :  अखाध्य वस्तु विक्रि !
IMG_1865-300x200
सुमन कार्की पाल्पा- चाडवाडलाई मध्यनजर गर्दे तानसेन बजार अनुगमन सुरु गरिएको छ । तानसेन नगरपालिका, जिल्ला प्रशासन कार्यलय ,घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयुक्त आयोजना साथै जिल्लाका सरोकारवाला निकायहरुको सहभागिता सयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा बजारमा व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य वस्तु, पेय पदार्थ तथा शृंगारका सामान बिक्री गरेको फेला परेको छ । संयुक्त अनुगमन टोलीले तानसेनमा गरेको अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेजती जफत गरेको हो । आज गरेको तानसेनका ४८ वटा खाद्यान्न तथा किराना पसलमा अनुगमन गरि त्रुटी देखीएका र अखाद्य वस्तु भेटिएका व्यापारीहरुलाई सचेत समेत गराइ व्यवसाय दर्ता गरि संचालन गर्दा हुने फाइदा वेफाइदा सम्वन्धी जानकारी समेत घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देवीराम भण्डारीले गराउनु भएको हो । अनुगमन टोलीले तानसेनको गैरागाँउ देखी नारायणस्थान सम्म र होलाङ्दी देखी बसपार्क सम्मका खाद्यान्न तथा किराना पसलमा अनुगमन गरेको थियो । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, सोयाविन,जुस, कुरकुरे, कुकिज, कोक, फेण्टा, स्प्राईट, सुजी ,मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस लगाएतका सामग्री व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको र अखाद्यवस्तु भण्डारन छुट्टै नराखीएको खाद्य तथा गुण नियन्त्रण कार्यालय पाल्पाकी रिचा कर्णले बताउनुभयो । अनुगमनका क्रममा मूल्यसूची टाँस नभएको, पसल दर्ता नगरी सञ्चालन गरेको, होडिङ बोर्ड नराखेको जस्ता कमजोरी भेटिएको र सो कम्जोरी सुधार गर्नकोलागी व्यवसायीलाई पहिलो पटक सुझाव मात्र दिएको तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो । घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न बजार अनुगमन गरिएको र बजार अनुगमनलाई चाडवाडमा मात्र नभई अन्य समयमा पनि गरिने तानसेन नगरपालिकाका सुचना अधिकृत भरत प्रसाद आचार्यले जानकारी दिनुभयो । ४८ वटा पसलमा गरिएको अनुगमनमा २७ हजार १ सय ३० रुपैंया बराबरको अखाद्य वस्तु जफतगरि सम्पूर्ण अनुगमन टोलीको रोहवरमा नष्ट गरिएको वडा नं. २ का वडा सचिव जिवन नेपालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update