Erani Mahal
अखिल क्रान्तिकारी त्रिभुवन क्याम्पसद्वारा शुभकामना आदान प्रदान
aki
पाल्पा– नेकपा –माओवादी केन्द्र निकटको अनेरास्ववियू क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस इकाई समितिले दशैं तिहार तथा छठ पर्व र नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । इकाई अध्यक्ष भिम लुङेगेलीको अध्यक्षतामा भएको कार्यक्रममा दशैं तिहार तथा छठ पर्व र नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सह इन्चार्ज अनिल किशोर घिमिरेले क्रान्तिकारी विद्यार्थीहरु परिवर्तनको संवाहक भएकाले विसंगती र विकृति विरुद्ध एक हुनुपर्ने बताउनुभयो । यस्तै बिशिस्ट अतिथि माओवादी केन्द्रका केन्द्रय सदस्य नेत्र पान्डेले पाल्पा जिल्लामा क्रान्तिकारी विद्यार्थीले विद्यार्थीको हकहित र अधिकारमा सदैव रचनात्मक काम गरेको बताउनुभयो । अनेरास्ववियू केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अध्यक्ष पदम सोमै, त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टंक भट्टराई, सहायक क्याम्पस प्रमुख केशब घिमिरे, अनेरास्ववियु छात्रा बिभाग केन्द्रिय सदस्य गंगा बारघरे, क्याम्पस इन्चार्ज ताराबहादुर रायमाझी, जिल्ला सदस्य बिज्ञान दुधराज लगायतले शुभकामना दिनुभयो । अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस उपाध्यक्ष माधब बरालको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव राजन क्षेत्रीले गर्नुभएको थियो । अखिल क्रान्तिकारीले त्रिभुवन क्याम्पसको शैक्षिक, प्रशासनिक र विकृति विसंगतीको सुधारको लागि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update