Erani Mahal
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा
Shreenagar sahakari
तानसेन – तानसेनस्थित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाको २२ औं साधारणसभा तानसेनमा सम्पन्न भएको छ । साधरणसभाको तानसेन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख प्रतिक्षा गाहा सिंजालीलले उद्घाटन गर्दै बहुउद्देश्यीय अवधारणा भएकाले शेयर सदस्यहरुको थप आम्दानी वृद्धि गर्ने खालका कार्यक्रम गर्न आग्रह गर्नुभयो । उनले थोरै थोरै बचत गरेर त्यसबाट आयआर्जन र आर्थिक अवस्था बलियो बनाउने आधार नै सहकारी भएकाले तानसेन नगरपालिकाले सहकारीको कार्यक्रममा सघाउने बताउनुभयो । उहाँले सहकारीहरु एकीकृत हुँदै आवश्यक परेमा मर्जरको नीति लिनुपर्ने बेला भएकाले श्रीनगर सहकारी संस्थाले समाजमा उदाहरणीय कामको शुरुवात गरेर नमुना बन्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेयले सहकारी विभागबाट आउने निर्देशनहरुलाई अक्षरस पालना गर्नुपर्ने बताउनुभयो । संस्थाका पुर्व अध्यक्ष डा. रामजी प्रसाद पौडेलले जनताको थोपा थोपा बचतलाई लगानी गरेर आम्दानीको बाटो बढाउन श्रीनगर सहकारी सफल भएको बताउनुभयो । संस्थाका अर्का सल्लाहकार बुद्धीप्रसाद शर्माले जिल्लामा पुरानो सहकारी भएकाले यसको गरिमा पनि उच्च गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । सिद्ध बचत तथा ऋण सहकारीकी प्रतिनिधि सकुन्तला बज्राचार्य, शेयर सदस्य गोपाल प्रसाद बस्याल, सुरेन्द्र पाण्डेयले संस्थाले आगामी दिनमा शेयरधनीको हितमा रहेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले १२ करोड ९६ लाख १८ हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । लेखा समितिका संयोजक मधुकर काफ्लेको प्रतिवेदनमा वार्षिक आर्थिक कारोवारको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाव दिइएको थियो । वार्षिक प्रतिवेदन सचिव भरत शर्माले र अध्यक्ष झपेन्द्र गहिरेले सहकारीलाई बलियो बनाएर अघि बढाउन नयाँ योजना ल्याइने र जग्गा खरिद गरेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वअध्यक्षहरु मेघराज शर्मा, डा. रामजी पौड्यालका साथै स्वर्गीय पशुपती भट्टराईलाई मरणोप्रान्त सम्मान गरियो । उत्कृष्ट बचतकर्तामा तिलिसरा बारघरे, सतिश बोहोरा, गगन बस्याल, ज्योतिलाल गैरेलाई सम्मान गरिएको छ । साथै कर्जा तर्फ सिर्जना नेपाली र हेमकुमारी खण्डलुकलाई पनि सम्मान गरियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीतर्फ सहकारीकी प्रबन्धक कविता नेपाललाई पनि सम्मान गरिएको छ । सोही कार्यक्रममा एसईई परीक्षामा जिल्ला प्रथम भएका श्रीनगर सहकारीका बचतकर्ताहरु छात्रतर्फ संकल्प आचार्य र छात्रातर्फ प्रकृति थापा मगरलाई साथै कक्षा १२ मा उत्कृष्ट भएका तुसार कालिकोटालाई पनि सम्मान गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष झपेन्द्र गहिरेको अध्यक्षता, उपाध्यक्ष विश्वराज रेग्मीको स्वागत, सचिव भरत शर्माको संचालनमा सम्पन्न नभएको हो ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update