Erani Mahal
पाल्पाका पालिका अध्यक्ष, उपाध्यक्षलाई निर्वाचन आयोगको ३ लाख ५० हजार जरिवाना (विवरणसहित)
nirbachan
पाल्पा – स्थानीय तहको निर्वाचन खर्च विवरण समयमै नबुझाउने पाल्पाका उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचनको परिणाम घोषणा गरेको ३० दिनभित्र उम्मेद्वारले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ । यद्यपी पाल्पाका १०७२ उम्मेद्वारमध्ये १४९ जनाले मात्र समयमै निर्वाचन खर्च विवरण आयोगमा बुझाएका थिए । बाँकी ९२३ जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरण समेत चित्तबुझ्दो नभएपनि निर्वाचन आयोगले ऐन अनुसार गरिवाना गर्ने निर्णय गरेको छ । पाल्पाका अधिकांश पालिकाका अध्यक्ष, उपाध्यक्षका उम्म्दवारले समयमै निर्वाचन खर्च विवरण बुझाउन सकेका थिएनन् । आयोगले खर्च विवरण नबुझाउने अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारलाई तीन लाख ५० हजार जरिवाना तोकेको छ । जरिवानामा निर्वाचित पालिकाका अध्यक्ष, उपाध्यक्ष र पराजित उम्मेद्वार परेका छन् । हेर्नुहोस् पाल्पामा को–को परे कारबाहीमा ?
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update