Erani Mahal
एक व्यक्ति, सरकारी जागिर दुईतिर !
Untitled-1
तानसेन – पाल्पाका एक जना स्वास्थ्यकर्मीले दुई वटा सरकारी कार्यालयमा नियुक्त भएर तलबभत्ता बुझ्ने गरेका छन् । पाल्पा अस्पताल र तानसेन नगरपालिकामा अहेब पदमा नियुक्त भएका एकै व्यक्तिले दुई वटा कार्यालयबाट तलबभत्ता बुझ्ने गर्नुभएको छ । पाँच वर्षअघि पाल्पा अस्पतालमा अहेब पदमा नियुक्त भएका कार्की गत वर्षको फागुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा समेत कार्यरत रहेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिनुभयो । कार्कीले दुबैतर्फ सेवा गरेवापत तलबभत्ता समेत बुझ्नुभएको छ । कार्कीले पाल्पा अस्पतालमा रातिको समयमा काम गरेको र दिउँशो नगरपालिकामा काम गरेको भन्दै दुबै कार्यालयबाट तलबभत्ता बुझ्दैँ आउनुभएको हो । एकै समयमा दुई वटा सरकारी कार्यालयमा कार्यरत रहन नमिल्ने भएपनि कार्कीको भने दुई वटा सरकारी कार्यालयमा जागिर यथावत रहेको छ । तानसेन नगरपालिकाका सूचना अधिकारी आचार्यले यही भदौँ १९ गतेदेखि कार्कीलाई नगरपालिकामा हाजिर हुन नदिएको बताउनुभयो । तर कार्कीले हालसम्म पनि नगरपालिकामा राजीनामा नदिएर कामलाई निरन्तरता दिएको कर्मचारीहरूको भनाई छ ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update