Erani Mahal
भ्रष्टाचार मुद्दाका फरार अभियुक्त पाल्पाबाट पक्राउ
pakrau bhandarii
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका फरार अभियुक्तलाई पक्राउ गरेको छ । विशेष अदालत काठमाडौँबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई ६ महिना कैद सजाय र १० हजार जरिमाना तोकिएका पाल्पा जिल्ला रैनादेवी छहरा–३, का विनोद कुमार भण्डारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको हो । प्रहरीको विशेष टोलीले भण्डारीलाई आइतबार पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update