Erani Mahal
पाल्पामा पहिलाे पटक डेंगु संक्रमितकाे मृत्यु
death
पाल्पा - पाल्पामा एक जना डेंगु संक्रमित पुरूषको मृत्यु भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारकाे क्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । गत भाद्र २७ गते अस्पताल भर्ना भएका ती पुरूषकाे शनिबार उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । डेंगु संक्रमितकाे संख्या बढेपछि मृत्यु हुने र गम्भीर बिरामी हुनेकाे संख्या समेत बढ्न सक्ने स्वास्थ्यकर्मीहरूकाे भनाइ छ । पाल्पामा भदाै महिनामा मात्र १२१ जना संक्रमित फेला परेकाे स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update