Erani Mahal
लुम्बिनीमा वर्षा, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना
1577780170mausam_newskarobar-1024x620 (1)
काठमाडौं - बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update