Erani Mahal
प्रधानाध्यापक कुटपिट गर्ने चार युवा पक्राउ
kutpit youth
पाल्पा – जिल्लाको माथागढी–५, स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरीप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपका प्रहरीले स्थानीय चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् । प्रधानाध्यापक न्यौपानेलाई ती चार जना युवाले ज्यान मार्ने हेतुले कुटपिट गरेको र गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवा बिरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उता प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ । लु १९ प १५७० नम्बरको साइन मोटरसाइकल हराएको भनी प्रहरीमा दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा तानसेन–१, राइडाँडामा भेटिएको मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update