Erani Mahal
पाल्पाकाे गाउँमा भाँडा चोरी गर्ने दुईजना पक्राउ
०७९।०५।३०News Release चोरी सम्बन्धमा-001
पाल्पा – पाल्पामा भाँडा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २७ गते विहान तानसेन ९ को रानीचुरीबाट स्थानीय गोविन्द भण्डारीको घरबाट भाँडा चोरेर भागेका चोरहरुलाई पक्राउ गरिएको हो । उनीहरुको खोजतलास गर्ने क्रममा प्रभासबाट सराई जाँदै गरेको अवस्थामा सेतो बोरा बोकेका दुई जनालाई शंका लागी खोत गर्दा माथागढी २ का वर्ष २५ का साजन नेपाली र सोही स्थानका २० वर्षका सुमन नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट तामाको गाग्री १ थान, काँसको थाल १ थान, काँसको अम्खोरा १, काँसको कलस २, तामाको कलस ६ थान लगायतको सामानहरु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी आवश्यक छानविन जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update