Erani Mahal
नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिका लोकार्पण
netritowa (2)
पाल्पा– २५ वर्षअघि सुरु भएको नेतृत्व साप्ताहिक त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । पत्रिकाको प्रमुख अतिथि टंकनाथ खनाल जिल्ला समन्वय प्रमुख, विशिष्ट अतिथि टंकप्रसाद भट्टराई क्याम्पस प्रमुख त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, पुष्करराज रेग्मी क्याम्पस प्रमुख तानसेन बहुमुखी क्याम्पस र पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले एक कार्यक्रमका विचमा लोकापर्ण गर्नुभयो । पत्रिकाका प्रधान सम्पादक गोविन्द भट्टराईले नयाँ समय र परिस्थितिमा परिस्कृत भएर पत्रिकाको त्रैमासिक रुपमा प्रकाशन सुरु गरिएकोले सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिभुवन क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराई, तानसेन क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, समाजसेवी राजेन्द्रगोपाल सिंह, शिक्षासेवी बुद्धिप्रसाद शर्मा, प्रेस युनियनका भरत शर्मा, माधव अर्याल, प्रशिक्षक गोपालप्रसाद बस्याल, पत्रकार देव पचभैया, कृष्ण कार्की, संचार उद्यमी भीमसेन कार्की, पत्रकार संघ संगठनका प्रमुखहरु लगायतले पत्रिका सफलताको शुभकामना दिनुभयो । पत्रिकाको समिक्षा गर्दै त्रिभुवन क्याम्पसका उपप्राध्यापक टंक प्रसाद पन्थले पत्रिकाले साँच्चिकै नेतृत्व लिने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा बोल्नेहरुले पाल्पाको शिक्षा, स्वास्थ्य, पर्यटनको बारेमा चिन्ता व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट त्यसलाई उजागर गर्नुपर्ने बताउनुभयो । उपस्थित प्रमुख अतिथि, अतिथि तथा स्वागत तथा धन्यवाद कार्यक्रमका अध्यक्ष तथा प्रधानसम्पादक गोविन्द भट्टराईले गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update