Erani Mahal
पहिरोले अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी संचालन
307089093_5034798243292833_541726190532689605_n-1024x576
पाल्पा – बुधबार रातिदेखि परेको वर्षात्ले पहिरो खसेपछि अबरुद्ध भऐको सिद्धार्थ राजमार्गकाे पाल्पा बुटवल सडक खण्ड एकतर्फी संचालनमा आएको छ । सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी संचालनमा आएको हो । पाल्पाको तिनाउ गाउँपालिकाको पौठेडाँडामा ढुङ्गासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्ग बिहीबार बिहान पौने १२ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी संचालन गरिएकाे छ । सडक एकतर्फी संचालनमा आएपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update