Erani Mahal
पाल्पामा तीन युवक चोरी अभियोगमा पक्राउ
pakrau1
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले चोरी गरेको अभियोगमा तीन जना युवालाई पक्राउ गरेको छ ।   जिल्लाको तानसेन–८, बृन्दावनमा पार्किङ् गरी राखेको मोटरसाइकल चोरी गर्ने बाग्लुङ् जिल्ला बडीघाट गाउँपालिका–१० का ३३ वर्षीय चेतमान सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।   यस्तै जिल्लाको विभिन्न स्थानमा तामा तथा काशका भाडा चोरी गर्दै हिड्ने दुई जना युवालाई समेत प्रहरीले पक्राउ गरेको छ । घरको बाहिर पूजाका लागि राखिएको तामाका कलश, काशका थाल, गाग्री तथा अम्खोरा चोरी गर्दै हिड्ने युवालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।   पक्राउ पर्नेमा माथागढी–२, रुप्सेका २५ वर्षीय साजन नेपाली र सोही स्थानमा बस्ने २० वर्षका सुमन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । पक्राउ परेका तीन जना युवामाथि थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताउनुभयो ।  
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update