Erani Mahal
पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध
sadak ma pahiroo
पाल्पा – बुधबार रातिदेखि परेको वर्षातले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अबरुद्ध बनेको छ ।   सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ गाउँपालिकाको पौठेडाँडामा ढुङ्गासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड बिहीबार बिहान पौने १२ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै तिनाउ–५, हिउँदेखोलामा समेत पुन सडक भाँसिएको छ ।   सडकमा खसेको पहिरो तत्काल हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो । अबरुद्ध सडक खुलाउन स्काभेटर मगाउने काम भइसकेको उहाँले बताउनुभयो । यस्तै जिल्लाको रम्भा–३, सेरामा समेत लेदोसहितको पहिरो खसेको छ । सडकमा पहिरो खस्दा तानसेन–राम्दी सडकखण्ड समेत अबरुद्ध बनेको छ ।   वर्षात् जारी रहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।  
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update