Erani Mahal
पाल्पाकाे रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयाे
dath
पाल्पा- रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको प्रहरीले जनाएकाे छ । उहाँले आफ्नै घरमा उपियाँ मार्न राखिएको विषादी सेवन गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानकाे क्रममा पाइएकाे छ । विषादी सेवन गरी घरमा लडिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी चौकी हार्थोकलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरी चौकी हार्थोकबाट गएको प्रहरी टोलीले खड्कालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको थियो । उहाँको उपचारका क्रममा पाल्पा अस्पतालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update