Erani Mahal
झाँक्री गुल्मी –२ को लागि सर्वसम्मत सिफारिस
ramkumari-jhakarii
गुल्मी- एकीकृत समाजवादी, गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ को लागि पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ । समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिनुभयाे । ‘गठबन्धनबाट झाँक्री कमरेडलाई उठाउदा जित्ने सम्भावना छ ।’ ठकुरीले भन्नुभयाे, ‘हामीले जित्नेगरी निर्वाचनको तयारी थालेका छौ ।’ बैठकले पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतलाई पुन : जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष नरेश भण्डारी एमालेमै फर्केपछि एकीकृत समाजवादीले महतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update