Erani Mahal
राप्रपा पाल्पाले सिफारिस गर्यो संघ र प्रदेशका उम्मेद्वार !
raparpa
पाल्पा– राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आगामि निर्वाचनमा लड्ने प्रदेश तथा संघीय निर्वाचनको लागि उम्मेद्वारहरुको नामावली सिफारिस गरेको छ । जिल्ला अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा क्षेत्र नं. १ मा ज्ञान बहादुर सिंजाली र दुईमा भोजिन्द्र बहादुर कुँवरको नाम केन्द्रमा सिफारिस गरेको छ । यस्तै प्रदेश सभा तर्फ पाल्पा क्षेत्र नं. १ (क)मा वृहस्पति अर्याल, ख मा तुल्सी प्रसाद श्रेष्ठको नाम छनौट भएको छ । यस्तै पाल्पा क्षेत्र नं. २ (क)मा राजु गैरे र ख मा चक्रपाणी पौडेल छनौट हुनुभएको छ । यस्तै केन्द्रीय सांसदको समानुपातिक तर्फ डुलबहादुर कुँवर, दिलमाया रामजाली र विर्जु खाती चयन हुनुभएको छ । यस्तै प्रदेश सभा तर्फ समानुपातिकमा क्षेत्र नं. १ क मा गायत्री न्यौपाने, राजेन्द्र ढकाल, ख मा डुल बहादुर गाहा, यमबहादुर विश्वकर्मा छनौट हुनुभएको छ । यस्तै प्रदेश सभा २ (क) मा कपिल ढुंगाना, शान्ति परियार, महमद इमरान खान, मान बहादुर नेपाली र भानुकुमार बज्राचार्य, देवी प्रसाद न्यौपाने, माधव पराजुली छनौट हुनुभएको छ । प्रदेश सभा पाल्पा २ (ख) मा मिनबहादुर कुँवर छनौट भएको जिल्ला अध्यक्ष डुल बहादुर कुँवरले रानीमहललाई जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update