Erani Mahal
पाल्पामा ९ सय २३  उम्मेद्वारलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण
Nirbachan palpa1 (1)
पाल्पा – समयभित्र स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई स्पष्टीकरण सोधिएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेर खर्च विवरण समयभित्र नबुझाउने नौँ सय २३ जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेद्वारले खर्च विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान छ । तर पाल्पामा समयभित्र एक सय ४९ जनाले मात्रै निर्वाचन खर्च विवरण आयोगमा बुझाएका थिए । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभर एक हजार ७२ जना उम्मेद्वार बनेका थिए । तीमध्ये नौँ सय २३ जनालाई स्पष्टीकरण सोधिएको र अझैँ एक सय ५९ जनाले स्पष्टीकरण नदिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले बताउनुभयो । नौँ सय २३ मध्ये सात सय ६३ जनाले स्पष्टीकरण बुझाएका छन् । यस्तै विजयी उम्मेदवारले निर्वाचनकाे खर्च समेत सार्वजनिक गर्नुपर्छ । यद्यपी पाल्पाका जनप्रतिनिधिले भने खर्च विवरण सार्वजनिक नगरेकाे गुनासाे बढेकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update