Erani Mahal
पाल्पाकाे माडीमा 'प्रथम सराई महोत्सव' सुरू (फोटो फिचर सहित )
11111111111111111111111
पाल्पा – जिल्लाको माथागढी गाउँपालिका–३ कसेनी सराइमा भएको प्रथम सराई महोत्सव बिहीबारबाट सुरू भएको छ । प्रथम सराई महोत्सवमा बिहीबार बालबालिका विभिन्न भेषभूषामा सजिएका देखिन्थ्यो । कोही राष्ट्रिय पहिचान गराउने पोषाकमा त कोही विभिन्न जातजातीको मौलिक पोषाकमा सजिएका देखिन्थे । सराई युवा क्लबले आयोजना गरेको प्रथम सराई महोत्सवको झाँकी र्यालीमा सजिएर बालबालिकाले आफ्नो कला प्रस्तुत गरेका थिए । प्रथम सराई महोत्सवमा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीको प्रमुख आतिथ्यतामा भएकाे हाे । महोत्सवमा १ सय ५० स्टल रहेको छ । महाेत्सवकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि चिदीले माडी क्षेत्रमा आर्थिक चलायमान गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यसअघि क्लबले खेलका गतिबिधि मात्र गरेको भएपनि अबका दिनमा क्लबले अन्य गतिविधि गर्न सक्ने क्षमता प्रदर्शन गरेको बताउनुभयो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले महत्यसव सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा तानसेन–९, का वडा अध्यक्ष राजेशकुमार अर्यालले क्लबले माडी क्षेत्रमा भव्य महाेत्सव गरेर आफूलाइ अब्बल सावित गरेकाे बताउनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, क्लबका पूर्व अध्यक्ष पदम राना, खोमबहादुर गाहा, दिव्यज्योति माविका निमिक्त प्रअ लोकेन्द्र थापा, दमकडा माविका प्रअ मोहन सापकोटा, माण्डव्य बहुमुखी क्याम्पसका प्रमुख प्रकाश पंगेनीलगायतले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो । महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने र ७० लाख बराबरको आर्थिक कारोबार हुने बताईएको छ । महोत्सव असोज ३ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवकाे झाँकी र्यालीमा माउण्ट भ्याली स्कूल प्रथम, दिव्य ज्याेति नमूना मावि दाेस्राे, बेलघारी आमा समूह तेस्राे र नेवा गुठी समूह चाैथाे भएकाे छ । झाँकीमा उत्कृष्ठ भएकालाइ पुरस्कारकाे व्यवस्था गरिएकाे झाँकी निर्णायक समितिका संयाेजक राजन बलालमगरले जानकारी दिनुभयाे । महाेत्सव आगामी असाेज ३ गतेसम्म संचालन हुने मूल आयाेजक समितिका संयाेजक एवं क्लबका अध्यक्ष कृष्ण सारूले जानकारी दिनुभयाे । महाेत्सवकाे पहिलाे दिनका तस्विरहरू तस्विर संयाेजन : खेमराज पाण्डेय र सुमन गाहा । (इरानीमहल)
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update