Erani Mahal
एमाले पाल्पाद्वारा संघीय सांसदमा आचार्य र गैरे सिफारिस
acharya and gaire
पाल्पा– नेकपा एमाले पाल्पाले आगामि निर्वाचनको लागि पाल्पा क्षेत्र नम्बर एकबाट प्रदेश सभा सदस्य तथा पूर्व अध्यक्ष नारायण प्रसाद आचार्य र दुईमा एमाले पालिटव्यूरो सदस्य ठाकुर गैरेलाई सर्वसम्मतरुपमा सिफारिस गरेको हो । क्षेत्रिय समितिको बैठकले आचार्य, युवराज खनाल, शिब अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र बिष्णु जिसीको नाम सिफारीस भएको र क्षेत्र नम्बर दुइबाट गैरेलाई सर्वसम्मतरुपमा निर्णय गरेर सिफारिस गरेको जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो । पाल्पा क्षेत्र नं. १ क प्रदेशसभामा राजु प्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देविलाल लामिछाने र कृष्ण बहादुर सारू तथा महिलातर्फ सञ्जु परियार र इश्वरी खनाल सिफारिस हुनु भएकाे छ । पाल्पा क्षेत्र नं. १ ख प्रदेशसभामा कृष्ण प्रसाद रेग्मी, खेम बहादुर सारू, विनाेद कुमार श्रेष्ठ, अर्जुन रेग्मी, तुल्सीराम भुषाल, विमल काफ्ले, विजय रानाभाट, इश्वरी न्याैपाने र एक प्रसाद भण्डारी तथा महिलातर्फ उर्मीला अर्याल र कल्पना केसी सिफारिस हुनुभएकाे छ । क्षेत्र न २ (क) बाट फर्सुराम भट्टराई, त्रिरत्नलाल शाक्य, रामलाल श्रेष्ठ, विष्णु आचार्य, कृष्णराज अधिकारी, सुनिता शर्मा, पदमबहादुर कार्की र श्रीकृष्ण पाण्डेयको नाम सिफारिस भएको छ । यसैगरी क्षेत्र २ (ख) बाट रामजी भट्टराई, रामजी पोखरेल, ओमबहादुर घर्ती, कृष्णबहादुर जीसीको नाम सिफारिस भएकाे पार्टीले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update