Erani Mahal
लुम्विनी मेडिकल कलेजमा 'आमा सुरक्षा कार्यक्रम' संचालन गर्ने समझदारी
IMG_7995
पाल्पा – तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा ‘आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएको छ । तानसेन नगरपालिका र लुम्विनी मेडिकल कलेजका बीचमा सम्झौँता भएपछि कार्यक्रम सञ्चालनमा आएको हो । चालु आव २०७९÷०८० मा सरकारले नै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार कार्यक्रम सञ्चालन गर्न बुधबार सम्झौँता भएको हो । सम्झौँतापछि बुधबारदेखि नै लुम्विनी मेडिकल कलेज प्रभासमा गर्भवती महिलालाई सुत्केरी सेवा निशुल्क प्रदान गरिनेछ । पछिल्लो दुई वर्षयता कलेजले सरकारले सुत्केरी सेवावापत दिदैँ आएको रकम कम भएको भन्दै सेवा नदिने निर्णय गरेको थियो । अहिले रकम बढेर आएपनि पुन लुमेकले आमा तथा शिशु सुरक्षा कार्यक्रम गर्न सहमत भएको तानसेन नगरपालिकाले जनाएको छ । यो कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिलाले सुत्केरी हुँदा अस्पतालमा सबै खालको सेवा निशुल्क पाउने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यस्तै अस्पतालमा सुत्केरी हुन आएको यातायात खर्च, गर्भवती जाँचको खर्च समेत सुत्केरीले पाउने उहाँले बताउनुभयो । दुई वर्षदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा सुत्केरी महिलाले अस्पतालमा सुत्केरी खर्चवापत चर्को मुल्य तिर्न बाध्य भएका थिए । विगत दुई वर्षदेखि यहाँका ठूला अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा आव २०७७÷०७८ मा दुई करोड र आव २०७८÷०७९ मा दुई करोड २० लाख रुपियाँ खर्च नभइ फिर्ता भएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । दुइ संस्थाबीच भएकाे सम्झाैँतामा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र लुम्वनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गाेपाल पाेखरेलले हस्ताक्षर गर्नुभएकाे छ ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update