Erani Mahal
कसले बाजी मार्ला पाल्पाको संघीय सांसदको टिकट !
nttea
पाल्पा– संघीय र प्रदेश सभा निर्वाचन मंसिर ४ को मिति नजिकिदै गर्दा पाल्पामा त्यसका उम्मेदवारहरु को हुने भन्ने चर्चा सुरु हुन थालेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी, एकिकृत समाजवादी, जनमोर्चाबीचको गठबन्धन र अर्कोतर्फ नेकपा एमालेको बीचमा प्रतिस्प्रर्धा हुनेभएपछि पाल्पामा यि दलबाट कसले उम्मेद्वारी पाउने भन्नेमा सबैको चासो र जिज्ञासा बढ्दै गएको छ । पाल्पाको दुई निर्वाचन क्षेत्र रहेको छ । क्षेत्र नम्बर एकमा एमालेबाट दलबहादुर राना, राधाकृष्ण कँडेल र नारायण प्रसाद आचार्यको चर्चा छ । यहाँ गठबन्धनबाट भने उम्मेद्वार को भन्ने अझैं टुँगो नलागेका कारण चर्चा भएको छैन । यस्तै क्षेत्र नम्बर दुईमा एमालेबाट ठाकुर गैरे, राष्ट्रिय पुर्न निर्माण प्राधिकरणका पूर्व सिइयो शुशिल ज्ञवाली, नारायणी शर्मा लगायतको चर्चा रहेको छ । यस्तै गठबन्धनभएमा गठबन्धनबाट काँग्रेसका हरीप्रसाद नेपाल, राजन पन्त, वीर बहादुर राना, पूर्व गभर्नर डा. चिरन्जिवि नेपाल, एकिकृत समाजवादीबाट सोम प्रसाद पाण्डे, यादब बहादुर रायमाझी, माओवादी केन्द्रबाट बसन्त घर्ती, नेत्र पाण्डे, अनिल किशोर घिमिरे लगायतको चर्चा रहेको छ । तर राजनीनित परिस्थिति कस्तो बन्ने हो, कुन दलका कुन उम्मेदवारलाई पार्टीले पत्याउने हो तर यि सबैको आँकलन अहिले नै गर्न सकिदैन । एमाले भित्र पार्टी विभाजनको असर र अन्तरविरोध रहेको छ । काँग्रेसमा पनि संस्थापन र इतरको दुईपार्टी जस्तै छ जसको राग पाल्पाको स्थानीय तह निर्वाचनमा समेत देखिएको छ,जसले गर्दा कसले टिकट पाउने र कसले जित्ने भन्ने मंसिर ४ गते पछिको चुनावी परिणामले नै देखाउनेछ । पुराना अनुहारको चर्चा धेरै पाल्पामा संघीय सांसदमा एमालेबाट क्षेत्र नं. एकमा पुराना अनुहार दल बहादुर राना, राधाकृष्ण कँडेल, क्षेत्र नं. २ मा काँग्रेसका हरी नेपाल, वीर बहादुर राना, एमालेका कुल प्रसाद नेपाल, नारायणी शर्मा, एकिकृत समाजवादीका सोम प्रसाद पाण्डेय, यादव बहादुर रायमाझीको चर्चा रहको छ । तर संघीय सांसदमा अनुभवी नेताका रुपमा पाण्डेय र नयाँ अनुहार गैरेवीच क्षेत्र नं २ मा प्रतिस्प्रर्धा हुने देखिएकाे छ । नयाँ नेतृत्वमा जनताको सहानुभूति पाल्पामा पटक पटक निर्वाचन लडेका भन्दा नयाँ नेतृत्वमा जनताको सहानुभूति रहेको छ । दुवै क्षेत्रमा पुराना भन्दा नयाँ र युवा नेतृत्वमा आउनुपर्ने उनीहरुको माग छ । स्वतन्त्र र नयाँपार्टीका समेत उम्मेदवारीमा पाल्पामा स्वतन्त्र उम्मेद्वार तथा नयाँ पार्टीबाट समेत उम्मेदवारी बन्ने चर्चा रहेको छ । उनीहरुले समेत आफ्नो तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update