Erani Mahal
कर्मचारीकाे सेवा सुविधा वृद्धिकाे माग गर्दै पाल्पा सहितका सामुदायिक विद्यालय बन्द !
300249571_778081943232323_6482419565485695967_n
पाल्पा – पाल्पा सहितका देशभरका सामुदायिक विद्यालयहरु भाद्र १२ गते आइतबारदेखि एक साता बन्द गरिने भएको छ । तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै विद्यालय बन्द हुने भएको हो । परिषद्को पाल्पा शाखाले विज्ञप्ति जारी गर्दै देशभर नै आन्दोलनका कार्यक्रम घोषणा भएको भन्दै पाल्पाकाे १० वटै पालिकाका सामुदायिक विद्यालय पनि बन्द हुने जानकारी दिएको छ । कर्मचारीहरुले शैक्षिक योग्यता, कार्य दक्षता र क्षमता अनुसार पारिश्रमिक नपाएको भन्दै परिषद्ले आन्दोलन गरिरहेको छ । आन्दोलनको कार्यक्रमका सफल पार्नका लागि आवश्यक सहयोग गरिदिन परिषद्ले विज्ञप्ति मार्फत आग्रह गरेको छ । परिषद्ले बन्द कार्यक्रमलाई सहजिकरण गरिदिन सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई पत्राचार समेत गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग शिक्षक मन्त्रालय मार्फत भएका सम्झौताहरु कार्यान्वयन गराउन पटक पटक शान्तिपूर्ण ढङ्गबाट माग गर्दा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै परिषद् आन्दोलित भएको छ । चालू आर्थिक वर्षको बजेटमा समेत निजामती कर्मचारी तथा शिक्षकहरुको तलब १५ प्रतिशतले वृद्धि हुँदा कर्मचारीको हकमा लागू नभएकोले परिषद्ले बताएको छ । परिषद्ले चरणवद्ध आन्दोलनमा साथ दिने सबै पेशागत संस्थाहरुलाई धन्यवाद व्यक्त गरेको छ । परिषदका जिल्ला अध्यक्ष श्रीधर प्रसाद पाण्डेय र संयाेजक युवराज पाैडेलद्वारा जारी गरिएकाे बन्द अपिलमा १२ गते देखि १८ गते सम्म १ हप्ता सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम भएको समितिका अध्यक्ष श्रीधर प्रसाद पाण्डेले जानकारी दिनुभयाे । परिषदकाे अाग्रह अनुसार आइतवार पाल्पाका सबै स्थानमा सामुदायिक स्कुलमा पढाइ नभएकाे विद्यालय कर्मचारी परिषदले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update