Erani Mahal
निस्दीमा गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे सेवा सुरु
301220800_803821700747075_252787302761754365_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे शुभारम्भ भएको छ । गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे शुभारम्भ एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नु हुदै अध्यक्ष सारुले ग्रामीण समुदायका गर्भवती महिलाहरुलाई आफ्नै स्वास्थ्य चौकीमा नि:शुल्क रूपमा भिडियो एक्सरे सेवा प्रदान गर्ने योजना अनुरुप कार्यक्रम सन्चालन गरिएको बताउनु भएको थियो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आफ्नै गाउँ ठाउँमा आएको सेवा सुबिधा लिन कन्जुस्याइँ गर्न नहुने भन्दै स्वास्थ्य सेवा सन्चालन र व्यवस्थापन गर्न गाउँपालिका सदैब तयार रहेको बताउनुभयो । वडा नम्बर-४,मित्याल स्वास्थ्य चौकीमा सन्चालन भएको कार्यक्रममा १३ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे लिइएको स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिसाले बताउनु भएको छ । प्रत्येक महिनाको एक-एक दिन निस्दीको सातै वडामा सन्चालन गरिने भिडियो एक्सरे भदौ १२ गते आइतबार अर्चले र १३ गते ज्यामिरेमा सन्चालन गरिने प्रमुख दिसाले बताउनुभयो । मित्याल स्वास्थ्य चौकी व्यवस्थापन तथा रेखदेख सन्चालन समितिका अध्यक्ष सन्तबिर सुनारीको अध्यक्षतामा चलेको भएको कार्यक्रम स्वास्थ्य प्रमुख दिसाले सन्चालन गर्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update