Erani Mahal
लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट सजह रुपमा हुन्छ : पुन
pun_El6bEfvGGu
आगामी मंसिर ४ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच सिट बाँडफाँट सहज रुपमा गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरुले दलहरूको सांगठनिक हैसियत र विगतमा पाएको मत आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले गठबन्धनभित्रको दलको संगठनिक हैसियत बुझ्ने र जित्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभयो । आगामी चुनावमा गठबन्धनमा जान नेपाली काँग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरूको हैसियतको आधारमा सिट बाँडफाँट गर्दा जित्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धन एमालेसँग एक्लै लड्न नसक्ने अवस्थामा रहेकाले बाध्य भएर गठबन्धन बनाएको बताउनुभयो । उहाँले देश र जनताको पक्षमा गठबन्धन नरहेको पनि जिकिर गर्नुभयो । नेता श्रेष्ठले नागरिकता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढावा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाउनुभयो । एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले एमालेले बहुमत ल्याउने पनि जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको बताउमुभयो । उहाँले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टीभित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै गठबन्धन भित्रका दलहरुले विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । साक्षात्कारमा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update